SHAREHUBSHAREHUB

महानगरबाट सिंहदरबारतर्फ बालेनको यात्रा, माघको पहिलो साता राजीनामा दिने

AdvertisementAds
महानगरबाट सिंहदरबारतर्फ बालेनको यात्रा, माघको पहिलो साता राजीनामा दिने
File Photo
AdvertisementAds

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आइतबार बिहान भएको ७ बुँदे सहमतिपछि उनले मेयर पद छाड्ने निर्णय लिएका हुन्।

महानगर स्रोतका अनुसार बालेनले महानगरपालिकासँग सम्बन्धित आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा गरेर माघ पहिलो सातामै राजीनामा दिने तयारी गरेका छन्। सहमति आज बिहान करिब ४ बजे सम्पन्न भएको बताइएको छ।

सहमति अनुसार पार्टी सभापतिमा रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स