बालेन शाहका कानुनी सल्लाहकारले प्रधानमन्त्री ओलीलाई मुद्दा हाले

बालेन शाहका कानुनी सल्लाहकारले प्रधानमन्त्री ओलीलाई मुद्दा हाले

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकारले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका छन्। गिरीबन्धु टी इस्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको आरोपमा अधिवक्ता ओमप्रकाश अर्यालले उक्त मुद्दा दर्ता गरेका हुन्।

अर्यालका अनुसार ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसला कार्यान्वयन नगरी भूमिसम्बन्धी अध्यादेश ल्याएर परमादेश कार्यान्वयनमा अवरोध सिर्जना गरेको छ। यही आधारमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले अघिल्लो वर्ष माघ २४ मा दिएको परमादेश कार्यान्वयनमा प्रधानमन्त्री ओलीले निरन्तर अवरोध सिर्जना गरेको आरोप लगाइएको छ। दायर मुद्दाको सुनुवाइ आगामी फागुन ४ गतेका लागि तोकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स