SHAREHUBSHAREHUB

बालेन शाहले तत्काल मेयरबाट राजीनामा नदिने, ‘होल्ड’ गर्नुको कारण यस्तो छ

AdvertisementAds
बालेन शाहले तत्काल मेयरबाट राजीनामा नदिने, ‘होल्ड’ गर्नुको कारण यस्तो छ
File Photo
AdvertisementAds

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाललाई पदबाट राजीनामा नदिने निर्णय गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा भावि प्रधानमन्त्रीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न लागेका बालेनले सुरुमा मेयर पदबाट राजीनामा दिने योजना बनाएका थिए। कानुन व्यवसायीसँगको परामर्शपछि उनले राजीनामा नदिने निष्कर्षमा पुगेका हुन्।

राजनीतिक परिस्थिति अझै अनिश्चित रहेकाले अन्तिम समयसम्म राजीनामा ‘होल्ड’ गर्ने निर्णय गरिएको बालेन निकट स्रोतले जनाएको छ।

उम्मेदवारी दर्ता गरेपछि मेयर पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेकाले अहिले नै राजीनामा दिन आवश्यक नरहेको जानकारी पाएपछि निर्णय परिवर्तन गरिएको स्रोतको भनाइ छ।

यसैबीच, बालेन आज पहिलो पटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन्। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकअघि बालेन पार्टीको केन्द्रीय कार्यालय जाने कार्यक्रम छ।

AdvertisementAds

रास्वपाका वरिष्ठ नेता रहेका बालेन झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि माघ ६ गतेको समय तोकेको छ।

केन्द्रीय समिति बैठकपछि आजै पार्टी सभापति रवि लामिछानेसहित बालेन शाह जनकपुर जाने कार्यक्रम रहेको छ। उनीहरू भोलि जनकपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स