राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षबाट ४० जनाको नाम समावेश हुने भएको छ। यसबारे रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान सहमति भएको छ।
निर्वाचन आयोगले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यतालिका तय गरेको छ। समानुपातिकतर्फ कुल ११० जनाको नाम बुझाउनुपर्ने व्यवस्था छ। सोहीअनुसार बालेन पक्षबाट ४० र बाँकी ७० जना रास्वपाबाट उम्मेदवार रहने गरी सूची तयार गर्ने समझदारी भएको बताइएको छ।
यद्यपि आइतबार बिहान रास्वपा र बालेनबीच भएको ७ बुँदे लिखित सम्झौतामा समानुपातिक उम्मेदवारको बाँडफाँडबारे उल्लेख छैन। तर यस विषयमा मौखिक समझदारी भएको हो।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया