SHAREHUBSHAREHUB

आफ्नै दल बनाएर चुनावी मैदानमा उत्रिने बालेनको तयारी, उम्मेदवार छनोट तीव्र

AdvertisementAds
आफ्नै दल बनाएर चुनावी मैदानमा उत्रिने बालेनको तयारी, उम्मेदवार छनोट तीव्र
File Photo
AdvertisementAds

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी निर्वाचनका लागि आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरी अघि बढ्ने तयारी तीव्र बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफल भए पनि ठोस सहमति नजुटेपछि बालेनले वैकल्पिक राजनीतिक बाटो रोज्ने संकेत दिएका हुन्।

रविसँगको संवादमा आफूलाई रास्वपामा समाहित गराउने प्रयास मात्र देखिएपछि बालेनले कांग्रेस, एमाले लगायत विभिन्न दलमा रहेका लोकप्रिय अनुहार, सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्व तथा जनस्तरमा पहिचान बनाएका युवाहरूलाई समेटेर नयाँ राजनीतिक शक्तिको निर्माणमा जुटेका छन्।

यसका लागि बालेनको सचिवालयले सक्रियता बढाएको छ। सचिवालयका सदस्यहरूले विभिन्न राजनीतिक दलका चर्चित युवा नेताहरूसँग सम्पर्क गर्दै अनौपचारिक भेटघाट र छलफलका प्रस्ताव अघि सारेका छन्। पछिल्ला दुई दिनदेखि काठमाडौंमा निरन्तर छलफल र परामर्शहरू भइरहेको बताइएको छ।

बालेननिकट स्रोतका अनुसार नयाँ दल ‘देश विकास पार्टी’को नामबाट चुनाव लड्ने तयारी भइरहेको छ भने समानुपातिक प्रणालीतर्फका सम्भावित उम्मेदवारको सूची तयार पार्ने काम पनि सुरु भइसकेको छ।

बालेनको देशव्यापी प्रभावका कारण पार्टीभन्दा पनि नेतृत्वकै नाममा मत आकर्षण गर्न सकिने विश्वास उनका सहयोगीहरूको छ। यही आधारमा नयाँ राजनीतिक शक्तिको संरचना र रणनीति तय गरिँदैछ।

AdvertisementAds

यद्यपि, रवि लामिछानेसँग सहकार्यको सम्भावना पूर्ण रूपमा समाप्त भइसकेको भने छैन। अन्तिम राजनीतिक निर्णय आउन अझै बाँकी रहेको बालेननिकट व्यक्तिहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स