instainsta

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग छलफलमा बस्दै बालेन

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग छलफलमा बस्दै बालेन
AdvertisementAds

प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटघाट तथा छलफल तय भएको हो।

निजी क्षेत्रले लामो समयदेखि सरकारसँग प्रभावकारी संवाद हुन नसकेको र त्यसका कारण व्यवसायीहरूको मनोबल कमजोर बन्दै गएको भन्दै आएको छ। यही विषयमा छलफल गर्न निजी क्षेत्रले प्रधानमन्त्रीसँग लामो समयदेखि भेटका लागि समय माग्दै आएको थियो।

सोही अनुरूप बुधबार प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच मुलुकको आर्थिक अवस्था, लगानी वातावरण, निजी क्षेत्रका समस्या तथा सरकार–निजी क्षेत्र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स