सहकारीको लोन नतिर्ने व्यक्तिको घरका सदस्यको सम्पत्ति र पासपोर्ट रोक्का गरी असुल गरिने

सहकारीको लोन नतिर्ने व्यक्तिको घरका सदस्यको सम्पत्ति र पासपोर्ट रोक्का गरी असुल गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्ने व्यक्तिका एकाघरका सदस्यको सम्पत्ति र राहदानी(पासपोर्ट) रोक्का गरी असुल गर्नुपर्ने धारणा राखेका छन्।

मंगलबार राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले बागमती प्रदेशस्तरीय सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा भएको पुँजीलाई समस्याको समाधानमा परिचालन गर्नुपर्नेमा जोड दिए।

सरकारले घोषणा गरेका २२ सहकारीमध्ये केहीको समस्या समाधानका लागि जग्गा बिक्री गर्ने प्रक्रियामा रहेको र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति यसमा लागिपरेको उनले बताए।

मन्त्री अधिकारीका अनुसार सातवटै प्रदेशमा समूह बनाएर मन्त्रालयमार्फत समस्याग्रस्त सहकारीहरूको अध्ययन भइरहेको छ। अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा समस्या समाधानको विधि तय गरिनेछ।

साथै, सहकारी ऐन, २०७४ अनुसार सहकारी प्रवर्द्धन कोष, कर्जा सूचना केन्द्र, र सहकारी न्यायाधिकरण चाँडै गठन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स