भोलिदेखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद भर्न पाइने, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् भर्न ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
भोलिदेखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद भर्न पाइने, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् भर्न ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १:०.४२ अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्काशन गर्नेछ।

यस हकप्रद सेयरको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गते सम्म रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ।हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल) तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स