प्रतिकित्ता १०० रुपैयाँमै पाइने एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्ने म्याद थप

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
प्रतिकित्ता १०० रुपैयाँमै पाइने एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्ने म्याद थप
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद सेयर बिक्रीका लागि सुरु गरेको लिलामी प्रक्रियाको अवधि थप गरेको छ। भदौ २२ गतेदेखि सुरु भएको लिलामीमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै अवधि थप गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो क्रममा आवेदन नपरेका संस्थापकतर्फका ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फका ३ लाख २८ हजार ४७३.९१ कित्ता सेयर लिलामीमा बिक्री गरिँदैछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ, अधिकतममा भने सीमा तोकिएको छैन। लिलामीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयमार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स