instainsta

१०.५२६३ प्रतिशत लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१०.५२६३ प्रतिशत लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारण सभा बोलाएको छ । माघ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गते बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (बोनस तथा नगदमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ ।

सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने, कम्पनीको प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने, साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा माघ २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स