पेट्रोलको मुल्य बढ्दा डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोलको मुल्य बढ्दा डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको लागतका आधारमा यो निर्णय गरिएको हो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

नयाँ मूल्य निर्धारण अनुसार, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा तोकिएको छ।

दोश्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५० रुपैयाँ कायम गरिएको छ। तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५१ रुपैयाँ निर्धारण गरिएको छ।

निगमको संचालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो, जसमा आयात लागत र उपभोक्ताको हितलाई ध्यानमा राखिएको निगमले जनाएको छ।

Petrol diseal https://bajarkochirfar.com/as-the-price-of-petrol-increased-the-price-of-diesel-and-kerosene-decreased | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स