आम्दानी बढेसंगै सर्वोत्तम सिमेन्टको नाफामा ६८९.२४ प्रतिशतको उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

आम्दानी बढेसंगै सर्वोत्तम सिमेन्टको नाफामा ६८९.२४ प्रतिशतको उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधमिा ३१.९६ प्रतिशत र कुल खर्च ०.७७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स