गहिरिँदो राजनीतिक संकटकाबीच अन्तरिम सरकारको नेतृत्वबारे निर्णायक वार्ता बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र जेन जीबीच नेपाली सेनाको समन्वयमा हुने भएको छ।
बुधबार जेनजी समूहभित्र वार्ता प्रतिनिधि चयनको विषयमा विवाद हुँदा औपचारिक छलफल स्थगित भएको थियो। जंगी अड्डामै मतभेद देखिएपछि वार्ता सारिएको हो। सेनाले आन्तरिक सहमति कायम गरेर जेनजीलाई वार्तामा सहभागी हुन आग्रह गरेको थियो।
जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको छ। काठमाडौँ महानगर प्रमुख बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको सार्वजनिक गरेका छन्।
जेनजीका एक प्रतिनिधिका अनुसार नयाँ प्रधानमन्त्रीका रूपमा कार्कीको नाम अन्तिम भइसकेकाले बिहीबारको छलफलले त्यसलाई औपचारिकता दिनेछ।
यसैबीच, सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देल समेत सहभागी रहने छलफल बिहीबार बिहान सुरु हुने जानकारी दिएका छन्। उनले उक्त संवादले राजनीतिक निकास दिने विश्वास व्यक्त गरेका छन्।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया