नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। पार्टी सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार चयन गरेका हुन्। शाह कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्वसभापति हुन्।
यस क्षेत्रबाट उम्मेदवारका रूपमा शाहसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए। तर पूर्वमन्त्रीसमेत रहेकी राणाले यसपटक टिकट पाइनन्।
सिफारिसमा परेका डिल्लीराज पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन्। उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
त्यसैगरी नृपबहादुर ओड कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए।



















प्रतिकृया