बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आज चैत २२ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निष्काशन खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १:१ अनुपात (१०० प्रतिशत) मा हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० लाख कित्ता हकप्रद सेयर बिक्री गरिनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ। यस हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १३ गते तोकिएको छ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटलले लिएको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया