एप्पलले सस्तो मूल्यमा ‘आईफोन १६ई’ ल्याउँदै
एप्पलले आफ्नो बजेटमैत्री फोन आईफोन एसईलाई पुनः नयाँ अवतारमा ल्याउने तयारी गरिरहेको छ। सन् २०२२ मा आईफोन एसई थ्री सार्वजनिक गरेयता सस्तो मूल्यको फोन नल्याएको एप्पलले अब यस मोडेललाई ‘आईफोन १६ई’ नाम दिएर प्रस्तुत गर्ने बताइएको छ।
मिडिया रिपोर्टअनुसार, यो फोनलाई मुख्य लाइनअपमा समावेश गर्दै आईफोन परिवारको महत्त्वपूर्ण हिस्सा बनाउने योजना छ। डिजाइनमा आईफोन १४ जस्तै देखिने यस फोनमा ओएलईडी स्क्रिन, फेस आइडी, ८ जीबी र्याम हुनेछ, जसले यो फोनलाई छिटो र शक्तिशाली बनाउनेछ। तर, डाइनामिक आइल्यान्ड फिचर भने उपलब्ध हुनेछैन।
परम्परागत नच डिजाइनसहित सेतो र खैरो रंगमा आउने यो फोन मिड-रेन्ज बजारलाई लक्षित छ। यसले मिड-रेन्ज सेग्मेन्टमा एप्पलको प्रतिस्पर्धात्मक स्थिति बलियो बनाउने अपेक्षा गरिएको छ।