संघीय संसद् सचिवालयले संसद् अधिवेशनको तयारीका लागि आज सर्वदलीय बैठक बोलाएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधित्व गरेका सबै राजनीतिक दललाई दिउँसो १ बजे बस्ने बैठकका लागि निम्तो दिइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को चैत १६ गतेको सिफारिसअनुसार चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोहीअनुसार संसद्को पहिलो बैठक पनि सोही दिन अपराह्न २ बजे बस्नेछ।
आगामी बैठकमा सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ। प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दल रहेका छन् र ती दलका सांसदहरूको सहभागितामा आज सर्वदलीय बैठक बस्न लागेको हो।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया