अग्नि सापकोटा भन्छन्, “सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, आन्दोलनमा जानुको विकल्प छैन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १७ गते
अग्नि सापकोटा भन्छन्, “सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, आन्दोलनमा जानुको विकल्प छैन”

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन अपरिहार्य भएको बताएका छन्।

सोमबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार अधिनायकवादी र निरंकुशतर्फ उन्मुख भएकाले आफ्नो पार्टीले आन्दोलनको तयारी गरेको बताए।

उनका अनुसार सरकारलाई दबाब दिन र जनतालाई सचेत बनाउन सडक आन्दोलन नै विकल्प भएको छ। नेता–कार्यकर्तालाई आन्दोलनको मानसिकता बनाउन आग्रह गर्दै उनले भने, “तपाईंहरूलाई आन्दोलनको मानसिकता बनाउन आग्रह गर्छु। अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ। राज्य अधिनायकवाद‚ तानाशाही र निरंकुशतातिर गइरहेको छ।”

साथै, उनले सत्तारूढ कांग्रेस–एमालेबीच गम्भीर अन्तरविरोध रहेको दाबी गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स