अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट संरक्षित व्यक्तिहरूले आफू र प्रधानमन्त्रीमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दै छ । हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोसितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’
उनले सांसदहरूलाई पनि यस्ता समूहको प्रभावमा नपर्न आग्रह गरेका छन्।

प्रतिकृया