दुई दिनको सार्वजनिक बिदा पछि मिले निर्माताहरु, फिल्म ‘एक्टर : टेक वान’ भोली देखि हलहरुमा चल्ने

दुई दिनको सार्वजनिक बिदा पछि मिले निर्माताहरु, फिल्म ‘एक्टर : टेक वान’ भोली देखि हलहरुमा चल्ने
AdvertisementAds

चलचित्र ‘एक्टर : टेक वान’को विषयमा उत्पन्न भएको विवाद अन्ततः समाधान भएको छ। बिहीबार दुई पक्षबीच सहमति भएसँगै चलचित्रको प्रदर्शनको बाटो खुलेको हो।

‘एक्टर : टेक वान’ विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप गर्दै ‘एक्टर’ फिल्मका निर्माताले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले मंगलबार अल्पकालीन आदेश जारी गर्दै फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको थियो।

तर, बिहीबार लामो छलफलपछि ‘एक्टर’का निर्माता र ‘एक्टर : टेक वान’का निर्माण पक्षबीच सहमति भएको छ। सहमतिअनुसार, ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिने निर्णय गरेका छन्।

‘एक्टर : टेक वान’का निर्माता थमन भण्डारीले विवाद समाधान भएपछि फिल्मको रिलिज हुने जानकारी दिए। उनले भने, “अब कुनै कानुनी अड्चन छैन, हामी फिल्म निर्धारित मितिमा प्रदर्शन गर्दैछौं।”

निर्माताहरूबीचको सहमतिपछि निर्माण कम्पनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन खुला भएको पुष्टि गरेका छन्। ‘एक्टर : टेक वान’ अब भोली (शुक्रबार) देखि रिलिज हुनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स