राष्ट्रपतिको सम्बोधनकै बीच प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसको प्रश्न, ‘सरकारको उत्तरदायित्व कहाँ गयो ?’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
राष्ट्रपतिको सम्बोधनकै बीच प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसको प्रश्न, ‘सरकारको उत्तरदायित्व कहाँ गयो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसद् बैठकबाट प्रधानमन्त्री बाहिरिएको घटनाबारे स्पष्ट जवाफ माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापा ले उक्त विषयमा सरकारको धारणा सार्वजनिक गर्न माग गरेकी हुन् ।

उनले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य संसद्मा देखिएको टिप्पणी गर्दै राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री संसद्बाट बाहिरिनु सामान्य विषय नभएको बताइन् । उनका अनुसार यस घटनाले संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व तथा सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ ।

सांसद थापाले यस्ता घटनाको पुनरावृत्ति हुन नहुने उल्लेख गर्दै लोकतन्त्रमा पदभन्दा मर्यादा र मर्यादाभन्दा जनविश्वास ठूलो हुने कुरामा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले प्रतिपक्षी दलका तर्फबाट प्रधानमन्त्रीसँग औपचारिक जवाफको माग समेत गरिन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स