नेपालमा राष्ट्रिय चलचित्र अवार्डले फेरि विवाद निम्त्याएको छ। बुधबार शीतल निवासमा सम्पन्न कार्यक्रममा ८ विधामा अवार्ड बाँडिएको भए पनि गत वर्षको सर्वाधिक चर्चित र सफल फिल्म जारी कुनै पनि मुख्य विधामा समावेश नभएपछि आलोचना चुलिएको छ।
फिल्मकर्मी तथा दर्शकले जारीलाई उत्कृष्ट कथावाचन, निर्देशन, अभिनय र समीक्षात्मक मूल्यांकनका आधारमा अवार्डको दावेदार मान्दै आए पनि फिल्मलाई मात्र ‘धेरै कमाउने फिल्म’को अवार्ड दिइएको थियो। यसले निर्णायकको सिनेमाको ज्ञान (सिनेमा लिट्रेसी) माथि प्रश्न उठाएको छ।
निर्देशक दीपेन्द्र लामाले जारीलाई कुनै पनि विधामा अवार्ड नदिनु अन्याय भएको बताउँदै जारी टिमको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। धेरै फिल्मकर्मीले पनि सहमति जनाउँदै अवार्डमा राजनीति र पूर्वाग्रहको आरोप लगाएका छन्।
अवार्ड वितरणमा पारदर्शिता र निष्पक्षता नहुँदा राष्ट्रिय अवार्डको गरिमा खस्किएकोमा आम दर्शक र फिल्मकर्मी चिन्तित छन्।


















प्रतिकृया