उपनिर्वाचनपछि माओवादीले भन्यो, “पार्टीले अघि सारेका एजेन्डा अनुमोदन भयो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
उपनिर्वाचनपछि माओवादीले भन्यो, “पार्टीले अघि सारेका एजेन्डा अनुमोदन भयो”

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपनिर्वाचनपछि पार्टीका एजेन्डा जनताबाट अनुमोदित भएको बताएको छ। मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा ११ पद जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनताले पार्टीका एजेन्डा र अभियानलाई अनुमोदन गरेको पुष्टि भएको बताएका छन्।

दाहालले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ सङ्कल्पको रूपमा लिएको थियो।” उनले पार्टीको एजेन्डा—सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई जनस्तरसम्म पुर्याउने अवसरको रूपमा उपनिर्वाचनलाई लिएको बताए।

उपनिर्वाचनमा माओवादी केन्द्रले एक अध्यक्ष, एक उपमेयर र दुई उपाध्यक्षसहित ७ वटा वडा जितेको छ। दाहालले जनमत र निर्वाचित प्रतिनिधिको सङ्ख्यालाई उत्साहजनक भन्दै, विभिन्न गठबन्धनलाई चिर्दै जनताले प्रकट गरेको समर्थनलाई उच्च सम्मान दिने कुरा भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स