बालेनसँग भेटेपछि स्वर्गीय आमाको तस्बिर हेरेर भनेँ– अब देश बन्छ: रवि

बालेनसँग भेटेपछि स्वर्गीय आमाको तस्बिर हेरेर भनेँ– अब देश बन्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँगको भेटपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास भएको बताएका छन्।

जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भने, “बालेनसँग भेट भएको पाँच मिनेटमै थाहा भयो- हामी सँगै हिँड्न सक्छौं। वार्ता पाँच मिनेटमै सकियो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च भयो।”

उहाँले पहिलो भेटपछि घर गएर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै बालेनले देश बनाउनेमा आफ्नो पूर्ण विश्वास व्यक्त गरेको सुनाए।

‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ । मेरी श्रीमती साक्षी थिइन् । मैले भने, ‘आमा अब देश बालेनले बनाएँछ । हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भने, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो ।’

लामिछानेले आफू जेल जानुपर्ने अवस्था भए पनि चिन्ता नभएको पनि स्पष्ट पारे।  ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स