बालेन र कुलमानसँग हातेमालोपछि रास्वपाको एकता घोषणासभा आज हुँदै

बालेन र कुलमानसँग हातेमालोपछि रास्वपाको एकता घोषणासभा आज हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहित विभिन्न समूहबाट आएका नेता–कार्यकर्तासँग एकता सम्पन्न भएपछि आज बृहत्तर एकता घोषणासभा आयोजना गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गरिनेछ।

पार्टीले पुस १३ र १४ गते उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो, जसअन्तर्गत बालेन शाह र कुलमान घिसिङ रास्वपामा समाहित भएका हुन्। आजको घोषणासभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट सन्देश दिने रास्वपाको भनाइ छ।

यसअघि आइतबार बसेको पार्टी बैठकले नवआगन्तुक नेता–कार्यकर्ताको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थप गर्दै केन्द्रीय समितिमा मनोनयन गरेको थियो। सोही निर्णयअनुसार काठमाडौं महानगरका मेयर बालेन शाहलाई रास्वपामा वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स