रातभर चलेको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज बिहान करिब चार बजेतिर सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।
सहमति अनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टी सभापतिको जिम्मेवारी रवि लामिछानेले सम्हाल्नेछन्। आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने समझदारी भएको छ।
हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि उपस्थित थिए ।
बालेनसँगको सम्झौतापछि रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया