सरकारले असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै नयाँ भर्ना खुलाउने तयारी गरिएको हो।
यसपटक एसईईको नतिजा छिट्टै प्रकाशित भएकाले कक्षा ११ को पठनपाठन पनि चाँडै सुरु हुने भएको छ। केही विद्यालयहरूले नतिजा सार्वजनिक भएसँगै अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन्।
शिक्षा मन्त्रालयले केही दिनमै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मन्त्रालयका अनुसार असारको पहिलो सातादेखि नै कक्षा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।


















प्रतिकृया