कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयका कृषि अर्थ विज्ञ महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार रासायनिक मल, तत्वीय संरचना, न्यूनतम अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मलमात्र पैठारी एवं बिक्रीवितरण गर्न पाइने व्यवस्था छ ।
मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ । बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया