राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) का अध्यक्ष अनुप नेपालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
चार्टर्ड एकाउन्टेन्सी क्षेत्रमा परिचित व्यक्तित्व रहेका अनुप नेपालले आफ्नो व्यावसायिक अनुभव, सुशासनप्रतिको प्रतिबद्धता र संस्थागत नेतृत्व क्षमतालाई पार्टीको संगठनात्मक विकासमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले नीति, विधि र पारदर्शितामा आधारित संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अनुप नेपालका अनुसार रास्वपाले जनतासमक्ष गरेका प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम, विषयगत ज्ञान भएका तथा व्यावसायिक अनुभव बोकेका नेतृत्वको आवश्यकता छ। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउँदै संगठनलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको उद्देश्यभन्दा पनि पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ, पारदर्शी र जनउत्तरदायी बनाउने अभियानको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। साथै, संगठनलाई बलियो बनाउने, कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने तथा सुशासन र जवाफदेहिताको संस्कृतिलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुने तयारी भइरहेका बेला विभिन्न क्षेत्रका अनुभवी तथा व्यावसायिक व्यक्तित्वहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया