बजेट पेश गर्न नसकेका नगरपालिकाहरुमा सहसचिव नेतृत्वको टोली आज पुग्दै

बजेट पेश गर्न नसकेका नगरपालिकाहरुमा सहसचिव नेतृत्वको टोली आज पुग्दै
Advertisement Ads

चालु आर्थिक वर्षको बजेट स्थानीय तहको सभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली स्थलगत सहजीकरणका लागि जाने भएको छ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधि सम्मिलित संयुक्त टोली आज सम्बन्धित नगरपालिकामा पुग्ने कार्यक्रम तय भएको छ।

टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ।

नगरसभामा बजेट पेश गर्ने वातावरण बनाउन विभिन्न पहल, प्रयास तथा समन्वय गरिए पनि हालसम्म बजेट पेश हुन नसकेका स्थानीय तहमा टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।

स्थलगत छलफलका क्रममा बजेट निर्माण र नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण तथा समन्वय गरिनेछ।

स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म अवरुद्ध रहँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमै सहजीकरण गर्न लागेको हो।

मन्त्रालयले स्थानीय तहमा देखिएका बजेट तथा सभा सञ्चालनसम्बन्धी समस्या समाधान गर्न आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स