instainsta

निजामती विधेयकमा गम्भीर षड्यन्त्र गरिएको छ, स्वीकार्य छैन: सांसद पदम गिरी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
निजामती विधेयकमा गम्भीर षड्यन्त्र गरिएको छ, स्वीकार्य छैन: सांसद पदम गिरी
AdvertisementAds

सत्तारूढ नेकपा (एमाले)का सांसद पदम गिरीले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा कर्मचारीहरूको लागि प्रस्तावित कुलिङ पिरियडमा हेरफेर गर्नु गम्भीर षड्यन्त्र भएको टिप्पणी गरेका छन्। उनले जिम्मेवार व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि कुलिङ पिरियड दुई वर्ष कायम गर्ने सहमति भएको स्मरण गराउँदै उनले संसदमा विधेयक पारित गर्दा “बाहेक” भन्ने शब्द थपेर मुख्यसचिव, सचिव र सहसचिवलाई उक्त प्रावधानबाट छुट दिने प्रयास भएकोप्रति आपत्ति जनाए।

‘कुलिङ पिरियडबारे महिनौँ छलफल गरी दुई वर्ष राख्न सहमति जुटेको थियो । तर, मुख्यसचिव, सचिव र सहसचिवलाई यो कुरा लागू नहुने गरी गम्भीर षड्यन्त्र गरिएको छ, यो कारबाहीको विषय हो,’ सांसद गिरीले भने।

मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका सांसद गिरीले समितिले तयार पारेको प्रारूप अनुसार नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो हेरफेरले संसदीय प्रक्रियालाई नै बदनाम बनाउने काम गरेको टिप्पणी गरे।

‘कुलिङ पिरियडबारे भएको छेडखानीले सिंगाे संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको छ, स्वीकार्य हुँदैन ।’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स