instainsta

रुपन्देहीमा ६ अर्बको लागतमा नयाँ इन्धन डिपो बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ५ गते
रुपन्देहीमा ६ अर्बको लागतमा नयाँ इन्धन डिपो बन्दै
AdvertisementAds

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्न लागेको छ। हाल भलवारी डिपो साँघुरो, घना बस्तीमा रहेको र लुम्बिनी प्रदेशको माग धान्न नसक्ने भएकाले नयाँ डिपो निर्माणको आवश्यकता परेको हो।

कुल पाँच अर्ब ७९ करोड ३० लाख लागतमा निर्माण हुने डिपोमा १८ हजार ६८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिनेछ। डिजेलका लागि १३,५००, पेट्रोलका लागि ४,९६० र मट्टितेलका लागि २२८ किलोलिटर क्षमताका ट्याङ्क राखिनेछन्।

नयाँ डिपोले लुम्बिनी प्रदेशको एक महिनाको माग पूरा गर्न सक्नेछ। अग्नि सुरक्षा प्रणालीका लागि चार हजार २ सय किलोलिटर पानी भण्डारण गर्न दुईवटा ट्याङ्क बनाइनेछ। अटोमेसन प्रणालीसहित भण्डारण गृह, फायर फाइटिङ, प्रशासनिक भवन, कन्ट्रोल भवन र कर्मचारी आवास निर्माण गरिने निगमले जनाएको छ।

असोजमा बोलपत्र आह्वान गरी मङ्सिरदेखि निर्माण सुरु गरिने र तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। डिपो निर्माणको लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स