प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा हुनेछ।
दाहालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने छ। बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।
यसअघि बुधबार नै बैठक बस्ने तय भए पनि माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले बैठक आजका लागि सारिएको हो।
















प्रतिकृया