पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किशान)ले बाराको सिमरामै पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेका छन्।
२०८४ साल भित्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्माणाधीन यो होटल ३ विगाह क्षेत्रफलमा फैलिनेछ र १०० भन्दा बढी कोठाहरु रहनेछन्। वर्तमानमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको छ।
अनुमानित लागत २ अर्बभन्दा बढी हुने यो होटलमा क्यासिनो समेत सञ्चालन हुनेछ, विशेष गरी भारतीय पर्यटकहरुलाई गरिएको जनाएको छ।
होटलको शिल्यान्यास केही महिनामा हुने तयारी छ, र निर्माण कार्य सुरु भएको २ वर्षभित्रै होटल सञ्चालनमा आउने जनाएको छ। होटलमा सुइट, डिलक्स, सुपरडिलक्स र स्ट्याण्डर्ड कोठाहरु रहनेछन्, साथै स्विमिङपुल, स्पा र हेल्थक्लव पनि उपलब्ध हुनेछ।
सिमरामै रहेको यो होटल कर्पोरेट मिटिङ, सेमिनार र विवाह समारोहका लागि आदर्श स्थान बन्ने आशा गरिएको छ। होटलको व्यवस्थापन विषयमा छलफल भइरहेका छन्।



















प्रतिकृया