खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैनः हर्कराज राई

खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैनः हर्कराज राई

प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष राईले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गरे । उनले सरकारलाई बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्नेतिर ध्यान दिएको भन्दै आपत्ति जनाए । अध्यक्ष राईले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा आक्रोश व्यक्त गरे।

उनले भने,‘पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै नेपालमा महंगो । त्यसरी डे टु डे चाहिने उपभोग्य सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाईराखेका छैनौ भन्ने लाग्छ । त्यसोभएको हुनाले हामीले त्यतातिर ध्यान दिनु पर्दछ भन्ने लाग्दछ । बजेट भन्ने वित्तिकै हामीले समस्या हाम्रो के हो, विकास हाम्रो के मा हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्दछ । समस्या भनेको खुट्टामा भएको घाउ । विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता । हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि ?नयाँ जुत्ता किन्नेतिर ? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ ? यो एउटा महत्वपूर्ण प्रश्न हामी सबैतिर उभिन्छ जस्तो लाग्दछ । वक्तव्यको क्रममा सय वटा घर बनाएर हामी सर्वसाधारणलाई विक्री गर्नेछौ भनेर भन्ने खालको अर्थमन्त्रीज्यूको वक्तव्यमा कुराहरु आउँदाखेरी त्यो आपत्तिजनक छ । सरकार भनेको वास्तवमा के हो भने शान्ति सुव्यवस्था कायम गर्ने, सेवा सुविधा प्रदान गर्ने एउटा निकाय मात्रै हो । हामी जग्गा व्यापारी रियल स्टेट व्यापारी गर्ने हामी मान्छे होइनौँ । त्यो निकाय होइन । यो कुरा हामीले हेक्का राख्नुपर्दछ ।’

अध्यक्ष राईले सरकारले आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने कुरा आपत्तिजनक रहेको बताए। सरकार व्यापारी नभई जनतालाई सेवा सुविधा दिने निकाय भएकाले त्यस्तो काम बजेटमार्फत आउन आपत्तिजनक रहेको उनको तर्क थियो ।

–न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स