insta insta

आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणा
Advertisement Ads

आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको ३७२औँ बैठकले २०८३ साल असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ को १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशअन्तर्गत कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा वितरण हुनेछ। उक्त नगद लाभांशमा कर प्रयोजनसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि मात्र लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Screenshot 1 9 2026 102432 www.nepalstock.com https://bajarkochirfar.com/icfc-finance-announces-cash-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स