उर्जा मन्त्रालयले भन्यो, ‘बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति’

उर्जा मन्त्रालयले भन्यो, ‘बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति’
Advertisement Ads

भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ।

बाढीका कारण थप २५ मेगावाट क्षमताको सोलार विद्युत् समेत प्रभावित भएपछि कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढीले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको हो। यसबाट राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेख्य असर परेको छ।

प्रभावित ११ वटा जलविद्युत् आयोजना, तिनमा पुगेको क्षति तथा प्रणालीबाट बाहिरिएको विद्युत्को विस्तृत विवरण संकलन भइरहेको छ।

यससम्बन्धी थप विस्तृत जानकारी केहीबेरमा सार्वजनिक हुने बताइएको छ।

Advertisement Ads

WhatsApp Image 2026 08 26 at 12.23.36 3 https://bajarkochirfar.com/ministry-of-energy-says-floods-cause-damage-to-11-hydropower-projects | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स