विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले जनताको मताधिकार अवमूल्यन गर्दै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ।”
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए।
दलहरूले प्रतिनिधिसभा फिर्ता ल्याइ तत्काल बैठक बोलाउन र जनताको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न जोडदार माग गरेका छन्।


प्रतिकृया