४४ जना उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

४४ जना उपसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?
Advertisement Ads

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का ४४ जना कर्मचारीको एकसाथ सरुवा गरेको छ।

सरुवाअन्तर्गत उपसचिव लोकबहादुर लोप्चनलाई शिक्षा तथा खेलकुद मन्त्रालयबाट भाषा आयोग, काठमाडौंमा पठाइएको छ। त्यस्तै गेहनाथ गौतमलाई शिक्षक सेवा आयोग, भक्तपुरबाट शिक्षा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यसैगरी गोमा देवी चेम्जोङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंबाट महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका ४४ जना कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै विभिन्न निकाय तथा मन्त्रालयमा सरुवा गरेको हो।

Advertisement Ads
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स