SHAREHUB SHAREHUB

प्रधानमन्त्रीको भ्रमण टोलीमा ३६ उद्योगी व्यवसायी, को को छन् ?

Advertisement Ads
प्रधानमन्त्रीको भ्रमण टोलीमा ३६ उद्योगी व्यवसायी, को को छन् ?
Advertisement Ads

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज (मंगलबार) थाइल्याण्ड जाँदै छन्। प्रधानमन्त्री ओली बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड हुन लागेका हुन्।

प्रधानमन्त्री ओलीको भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका पदाधिकारीसहित ३६ जना उद्योगी व्यवसायी सहभागी हुनेछन्। भ्रमणका क्रममा पर्यटन, संस्कृति, र व्यापार प्रवर्द्धनसम्बन्धी सम्झौताहरू हुनेछन्।

भ्रमण तालिका अनुसार, ओलीले थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग औपचारिक वार्ता गर्नेछन्। २१ गते थाइ व्यवसायीसँग भेटघाट र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम छ। २२ गते बिमस्टेक सम्मेलनमा सहभागी भई मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हस्ताक्षर गर्नेछन्। भ्रमणपछि २३ गते उनी स्वदेश फर्किनेछन्।

प्रधानमन्त्रीसँग ३६ व्यवसायी जाँदै
प्रधानमन्त्री ओलीको भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका पदाधिकारीहरू र विभिन्न उद्योगी व्यवसायी गरी २६ जना प्रतिनिधिहरू सहभागी हुने छन्।

प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्वोत्सना श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, उपाध्यक्ष अर्जुन शर्मा, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल तथा अन्य पदाधिकारीहरू छन्।

Advertisement Ads

त्यसैगरी, गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याण, गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवालसहित प्रतिष्ठित उद्योगी व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन्।

प्रधानमन्त्रीसँग चीन भ्रमणमा जाने उद्योगी व्यवसायीको सूची :

467476398 1097913351923744 5787325258969032223 n https://bajarkochirfar.com/36-industrialists-and-businessmen-in-the-prime-ministers-visiting-team-who-are-they | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स