नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा अब ३२ वर्ष उमेर हद लाग्ने भएको छ।
अखिल (क्रान्तिकारी) का प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० मत र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ। यस मतदानको अन्तिम नतिजाले नेतृत्व चयनमा ३२ वर्ष उमेर सीमा लागू गर्ने निर्णय भएको हो।
उमेर हद राख्ने कि नराख्ने भन्ने विषयमा क्रान्तिकारीमा लामो समयदेखि मतभेद रहँदै आएको थियो। अब ३२ वर्षमुनिका सदस्यहरूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्दै, आगामी माघ १२ गते नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया