SHAREHUBSHAREHUB

प्रधानमन्त्री निवासमा वासिङ मेसिनदेखि फर्निचरसम्म किन्न २ करोड १८ लाख, सुरक्षा गेटमा थप १ करोड खर्च गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
AdvertisementAds
प्रधानमन्त्री निवासमा वासिङ मेसिनदेखि फर्निचरसम्म किन्न २ करोड १८ लाख, सुरक्षा गेटमा थप १ करोड खर्च गर्ने
AdvertisementAds

सरकारले आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री निवासमा विभिन्न उपकरण तथा फर्निचर खरिद गर्न कुल २ करोड १८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत प्रधानमन्त्री निवासका लागि वासिङ मेसिन, फ्रिज, टेलिभिजन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, गिजरलगायत मेसिनरी तथा विद्युतीय सामग्री खरिद गर्न १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, प्रधानमन्त्री निवासमा आवश्यक फर्निचर तथा फर्निसिङ सामग्री व्यवस्थापनका लागि थप ७८ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरको बाहिरी गेटको सुरक्षा स्तरोन्नतिका लागि पनि बजेट व्यवस्था गरिएको छ। गेटमा सवारी साधन परीक्षण गर्ने भेहिकल स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडान गर्न १ करोड रुपैयाँ खर्च गर्ने योजना सरकारको छ।

यसरी प्रधानमन्त्री निवासका लागि उपकरण, फर्निचर तथा सुरक्षा पूर्वाधारमा मात्रै कुल ३ करोड १८ लाख २० हजार रुपैयाँ खर्च गर्ने तयारी गरिएको देखिएको छ।

AdvertisementAds

यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा मन्त्रिक्वाटरमा इलेक्ट्रिकल सम्बन्धि मर्मत कार्यको लागि १ करोड बजेट छुट्याईएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको सरकारि निवासमा मेसिनरी औजार, टिभि, फ्रिज, कम्युटर प्रिन्टर, ल्यापटप, वासिङ मेसिन, फोटोकपि मेसिन, गिजर, सि सि क्यामरा लगायतका सामान खरिदको लागि ८० लाख बजेट छुट्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स