राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी छोडेको घोषणा गरेको हो।
पार्टी परित्याग गर्नेहरूमा महामन्त्री धवलशमशेर राणा पक्षधर नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्।
बिहीबार जारी विज्ञप्तिमा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको नेतृत्वलाई आलोचना गरेको छ। नेतृत्वकै कारण पार्टी आफ्नो मूल सिद्धान्त र उद्देश्यबाट विचलित भएको उनीहरूको आरोप छ।
विज्ञप्तिमा पार्टीभित्र जवाफदेहिता स्थापित गर्ने प्रयासलाई निरंकुश ढंगले दबाइएको र असहमति राख्ने नेता–कार्यकर्तामाथि कारबाही गरिएको आरोप पनि लगाइएको छ।
असन्तुष्ट समूहले राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूलाई पार्टीकै मूल नेतृत्वले पटक–पटक कमजोर बनाएको दाबी गर्दै संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरिएको उल्लेख गरेको छ।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया