नेपाल वायुसेवा निगमको खुल्ला प्रतिस्पर्धामार्फत महाप्रवन्धक छनोट प्रक्रिया अघि बढेको छ। १५ दिने आवेदन अवधि सकिँदा १६ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आवेदन दिनेमा पूर्व प्राधिकरण कर्मचारी, निगमका उच्च अधिकारी, हवाई उड्डयनका विशेषज्ञ, इन्जिनियर तथा नयाँ अनुहारसमेत छन्।
टंकनिधि दाहाल, योगराज शर्मा कँडेल, डा. दीपकप्रकाश बास्तोला, सन्तुष्ट बस्नेत, रघुनाथ विडारी, आशिष थापा, अभिनव कार्की, क्याप्टेन वेदप्रसाद उप्रेती र विष्णुबाबु मिश्रसहितका व्यक्तिहरूले आवेदन दिएका छन्।
महाप्रवन्धक छनोट कार्यविधि २०८२ अनुसार उम्मेदवारसँग नागरिक उड्डयन, पर्यटन, व्यवस्थापन वा अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्ष उच्चस्तरीय व्यवस्थापकीय अनुभव हुनुपर्छ। १०० अंकको मूल्यांकनमा शैक्षिक योग्यता र अनुभवलाई बढी वेटेज दिइनेछ। छनोट समितिले आवेदनको सिलबन्दी खोलेपछि योग्य उम्मेदवारको सर्टलिस्ट बनाउने र अन्तर्वार्तासहितको प्रक्रिया पूरा गर्नेछ। अन्तत: तीन जनाको सिफारिसबाट सरकारले एक जनालाई आगामी ४ वर्षका लागि महाप्रवन्धक नियुक्त गर्नेछ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया