१६ निर्माण कम्पनी परे कालोसूचीमा, अब १ देखि ३ वर्षसम्म काम गर्न नपाउने
सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा काम सम्पन्न नगरेका १६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार कम्पनीहरूलाई कारबाही गरिएको हो।
सूचनाअनुसार एक निर्माण कम्पनीलाई ३ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष, र अन्य बाह्र निर्माण कम्पनीलाई १-१ वर्षसम्म कालोसूचीमा राखिएको छ। यस अवधिमा ती कम्पनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।