नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आजदेखि ७९ वर्षमा प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत देउवालाई सुस्वास्थ्य, दिर्घायु र प्रगतिको कामना व्यक्त गरेका छन्।
शेर बहादुर देउवा नेपालको पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वर्तमान् सभापति हुन्। उनको जन्म सन् १९४६ मा आसिग्राम,डडेल्धुरामा भएको थियो। उनले आफ्नो राजनीतिक यात्रा सुदुरपश्चिम क्षेत्रका विद्यार्थीहरुले गरेको आन्दोलनमा सहभागी हुँदै गरेका थिए। वि.स २०२६ सालमा त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्दै गर्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरी राजनीतिमा अग्रणी भूमिका समेत निर्वाह गरेका थिए।
देउवाले पञ्चायती व्यवस्थाको समयमा राजनीतिक संघर्षका क्रममा सन् १९६० देखि १९७० सम्म ९ वर्ष जेल जीवन समेत बिताएका थिए।त्यस पश्चात सन् १९९५ मा मनमोहन अधिकारीको नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको सहायताले प्रधानमन्त्री बन्न सफल भएका थिए। उनी सन् १९९५ ,२००१,२००४,२०१७ र २०२१ गरी हाल सम्म सर्वाधिक पाँचौं पटक प्रधानमन्त्री बन्न सफल भएका छन्। नेपालको इतिहामा फर्किएर हेर्दा सभापति देउवा जस्तै पाँच-पाँच पटक प्रधानमन्त्री बन्न केवल गिरिजा प्रसाद कोइराला मात्रै सफल रहेको पाइन्छ। सन् २०२१, २९ जुलाईमा (मंगलबार) सर्वोच्च अदालतले साँझ ५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरे सँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए।
देउवाले हाल ७९ वर्षको उमेर हुँदा सम्म पाँचौं पटक प्रधानमन्त्रीको पद सम्हालिसकेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्दाको सहमति अनुसार २०८४ को चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन। देउवाको उमेर अब आउने २०८४ को चुनावसम्म हेर्दा ८० वर्ष नाघ्ने देखिन्छ र यसै बिच देउवा प्रधानमन्त्रीको लागि तत्पर भएको समेत प्रष्ट देखिन्छ। हालको समयमा नियालेर हेर्दा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता सकारात्मक बनेमा छैटौं पटक समेत प्रधानमन्त्री बन्ने छाँटकाँट समेत देख्न सकिन्छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया