१६ दिनपछि हिरासतबाट छुटे लिलाबल्लभ अधिकारी, मुद्दा दर्ता नहुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
१६ दिनपछि हिरासतबाट छुटे लिलाबल्लभ अधिकारी, मुद्दा दर्ता नहुने

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन्। विवादास्पद जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने र मानव तस्करीमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

तर, सरकारी वकिल कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै उनलाई रिहा गरेको हो। अधिकारीले ती व्यक्तिहरूबारे प्रहरी र जापानी अध्यागमनलाई जानकारी गराएको प्रमाणित भएपछि मुद्दा खारेज गरिएको हो। जापानले भने तीन व्यक्तिविरुद्ध ‘एक्सक्लुसन अर्डर’ जारी गर्दै डिपोर्ट गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स