हिमालयन लाइफको सातै प्रदेशमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २२ गते
हिमालयन लाइफको सातै प्रदेशमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत विराटनगरमा पुर्वान्चल बाल सेवा आश्रमलाई  स्टेशनरी तथा बिराटेश्वर वृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा वृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र वृद्धवृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको छ ।

कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी वृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वोरी वृद्धाआश्रम र बिरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनस्थापना  केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुंगको  मानव सेवा आश्रममा खाना खुवाउने, लमजुंङ बेसिशहर स्थित लमजुंङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत बिद्यालय, झलारी स्थित विद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलवार १६ बर्ष पुरा हुदैंछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स