स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि अर्थात् मंसिर १२ गते बुक क्लोज गर्भनेएकाले मंसिर ११ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन सक्नेछन्।
साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०८०/२०८१ को मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनीहरुमा वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १९ प्रतिशत नगद गरि कुल २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
साथै सभाले गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव समेत पारित गर्नेछ।


















प्रतिकृया