सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित गर्ने मुख्य एजेन्डा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित गर्ने मुख्य एजेन्डा

सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा आगामी पुस ४ गते आयोजना हुने भएको छ । गत कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा भौतिक अपस्थिती तथा भर्चुअल भिडियो कनफ्रेन्समार्फत समेत सहभागीता जनाउन सकिने कम्पनीले जनाएको छ । सभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६ दशमलव ८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने र सोहीअनुसार चुक्तापूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको सेयर पूँजी वृद्धि गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गर्ने तथा यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन, परिमार्जन वा समायोजन गर्न आवश्यक भएमा सोका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित सभाले गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ कोे वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मङ्सिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स